तनहुँमा बस दुर्घटना, २७ यात्रु घाइते
काठमाडाैं, जेठ १ः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५, सिर्दीमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ९६३५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा बसमा सवारी २७ यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्टको नेतृत्वमा २५ जनाको प्रहरी टोलीले घाइतेको उद्धार गरेको छ । घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको छ भने अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।
दुर्घटनामा बस चालक २७ वर्षीय सुनिल विक र सहचालक ३७ वर्षीय सुविन कुँवर पनि घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते यात्रुहरूः
- सोनी पुलामी (पोखरा)
- राजकुमारा माझी (पोखरा)
- विकास बर्तौला (पोखरा)
- सौरभ श्रेष्ठ (पोखरा)
- अमृत थापा (पोखरा)
- सविना तामाङ (पोखरा)
- चेतबहादुर रानाभाट (पोखरा)
- सुशील श्रेष्ठ (गैँडाकोट)
- शिवहरि श्रेष्ठ (गैँडाकोट)
- उपेन्द्र घर्ती (बागलुङ)
- अस्मिता छन्तेल (बागलुङ)
- विष्णुप्रसाद चापागाई (पर्वत)
- टेकबहादुर थापा (पर्वत)
- टीकाराम न्यौपाने (पैयु गाउँपालिका)
- कोपिला राई (खोटाङ)
- कुलबहादुर राई (सोलुखुम्बु)
- नोवाङ शेर्पा (सोलुखुम्बु)
- राजकुमार बूढा (मुगु)
- प्रभातकुमार सिंह (पटना, भारत)
- अनामिका सिंह (पटना, भारत)
- रोहित कुमार (विहार, भारत)
- आदित्य साहा (विहार, भारत)
- सुनिता देवी (विहार, भारत)
- राहुल साह (विहार, भारत)
प्रकाशित मिति: ०९:४७ बजे, सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाबु गाउँपालिकामा समाजवादीका उम्मेदवारले गरे एमालेलाई समर्थनबिहीबार, मंसिर १३, २०८१
काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजातबिहीबार, मंसिर १३, २०८१
निर्वाचन आयोगले भन्यो– अवाञ्छित गतिविधि गर्नेलाई तत्काल कारबाही गर्नू बिहीबार, मंसिर १३, २०८१
स्वामीकार्तिकमा एमालेलाई माओवादी उम्मेदवारको समर्थन, नेकपा एसलाई भोट हाल्न माओवादीको सर्कुलर बिहीबार, मंसिर १३, २०८१