फागुनमा प्रियंका र आयुष्मानले लगनगाँठो कस्ने
काठमाडौं, माघ १७ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आउँदो फागुनमा विवाह गर्ने भएका छन् ।
कार्की र जोशी फागुनको १७ गते वै....

काठमाडौं, माघ १७ : नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आउँदो फागुनमा विवाह गर्ने भएका छन् ।
कार्की र जोशी फागुनको १७ गते वैवाहिक जीवनमा बाँधिने जनाइएको छ । इंगेजमेन्ट गरेको दुई वर्ष पछि उनीहरूको विवाहको मिति तोकिएको हो ।
केही दिन अगाडि प्रियंकाले ब्याचलर पार्टी थाइल्यान्डमा मनाएकी थिइन् । केही समय प्रेम सम्बन्ध लुकाएका उनीहरुले सम्बन्ध बाहिर आएपछि सार्वजनिक रुपमा प्रेम स्वीकार गरेका थिए ।
केही दिनका लागि आज बिदेश उड्ने तयारीमा रहेका प्रियंका र आयुष्मान फर्किए लगत्तै बिवाहको निम्तो बाड्ने तयारीमा रहेका छन् ।
प्रकाशित मिति: ०८:५७ बजे, शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












