Kathmandu Press

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईने 

प्रहरीको विशेष टोलीले उनलाई आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।  पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ।
टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईने 

काठमाडौं, जेठ १ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईँदै छ।  

प्रहरीको विशेष टोलीले उनलाई आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।  पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ। आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने प्रहरीले जनाएको छ । पक्राउपछि आइतबार राति नै उनको स्वास्थ्य परीक्षण गराइएको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो।

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई काठमाडौं आउने जानकारी गराएर रायमाझी सम्पर्कविहीन भएका थिए। उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्। 
 

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, जेठ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्