सरकारले नीति तथा कार्यक्रममा जेठ ५ गते ल्याउने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा प्रस्तुत गर्ने भएका हुन्।
काठमाडौं, वैशाख ३१ : सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम जेठ ५ मा प्रस्तुत गर्ने भएका हुन्। राष्ट्रपति पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्न लागेका हुन्।
नीति तथा कार्यक्रममा आधारित भएर सरकारले आगामी वर्षको बजेट निर्माण गर्छ। सरकारले जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था छ।
प्रकाशित मिति: २१:२४ बजे, आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











