Kathmandu Press

अञ्जनाको ‘चरीमाई’ सार्वजनिक

अञ्जनाको ‘चरीमाई’ सार्वजनिक

काठमाडौं, वैशाख ३१ : अन्जना पौडेलको उपन्यास ‘चरीमाई’ सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमबीच प्राडा विन्जु शर्मा, माया ठकुरी, प्रा.डा. ज्ञानु पाण्डे, प्रा. ज्ञाननिष्ठ ज्ञवालीलगायतले संयुक्त रुपमा ‘चरीमाई’ सार्वजनिक गरे।

कार्यक्रममा प्रा.डा. ज्ञानु पाण्डे र प्रा. ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास र उपन्यासकारका विषयमा बोलेका थिए।

चेलीबेटी बेचबिखनको सवाललाई समावेश गरिएको सो उपन्यासलाई इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको हो। लेखिका पौडेलले् उपन्यास बेचिएका हजारौं दिदिबहिनीको न्यायको लडाइँमा आफैंलाई आहुति दिने सम्पूर्ण चेलीहरुप्रति सम्पूर्ण गरिन्।

पौडेलका यसअघि कथा, कविता, गीत, हाइकु र मुक्तकका पुस्तक प्रकाशित छन्।पौडेल अनुसन्धाता र प्रध्यापक पनि हुन् भने उनले मानवशास्त्रमा विद्यावारिधि गरिरहेकी छन्।

इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको यो पौडेलको चौँथो कृति हो। यसको बजार मूल्य रू. ४४९ राखिएको छ।

 

प्रकाशित मिति: २०:४७ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्