कृषि विज्ञ मदन राईविरूद्ध बाल यौन दुराचार मद्दा चलाइयो
पक्राउ परेको तीन दिनपछि जिल्ला अदालतबाट सात दिन म्यान थप गर्दै उनीमाथि बाल यौन दुरुपयोगमा मुद्दा चलाइएको हो।
खोटाङ, वैशाख ३१ : आफ्नै फाउन्डेन्समा अध्ययनरत बालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरूद्ध बाल यौन दुराचारको मुद्दा चलाइएको छ।
आफैं सञ्चालक रहेको शुभद्रा मदन फाउण्डेसनमा अध्ययनरत बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा राई शुक्रबार फाउन्डेनसबाटै पक्राउ परेका थिए।
पक्राउ परेको तीन दिनपछि जिल्ला अदालतबाट सात दिन म्यान थप गर्दै उनीमाथि बाल यौन दुरुपयोगमा मुद्दा चलाइएको हो।
फाउण्डेसनको व्यवस्थापनमा २०७२ सालदेखि सञ्चालन हुँदै आएको जनजागृति मावि बालिकाहरूलाई राईले यौनजन्य क्रियाकलापमा बाध्य पारेको भिडियोसहितको प्रमाण भेटिएपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो।
प्रकाशित मिति: २०:०० बजे, आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











