Kathmandu Press

संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुने

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय गरेको हो।
संसदमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुने

काठमाडौं, वैशाख ३१ : प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हुने भएको छ। जेठ ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा  ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सञ्चालन हुने छ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय गरेको हो।

संसदको नियमावलीमा भएको व्यवस्था अुनसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने निर्णय भएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले त्यसअनुसार जेठ ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको बताए ।

बैठकमा संसदमा दलहरुको हैसियतका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सहमति भएको पनि उनले बताए।

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्