नक्कली शरणार्थी प्रकरणमा छानविनलाई सघाउनेमा शीर्ष नेता एकमत
आइतबार बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीविच छलफल भएको थियो।
काठमाडौं, वैशाख ३१ : तीन दलका शीर्ष नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने बिषयमा कुराकानी भएको छ।
आइतबार बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीविच छलफल भएको थियो। छलफलको एजेण्डामा शरणार्थी प्रकरणमा नभए पनि अनौपचारिक रुपमा कुराकानी भएको थियो।
शीर्ष नेताहरूले संविधान र कानुनअनुसार कामकारबाही अघि बढाउन कुनै हस्तक्षेप नहुने प्रतिबद्धता समेत जनाएका थिए । तीन दलबीचमा संविधान र कानुनबमोजिम निष्कर्षमा पुग्नुपर्छ भन्नेमा मतैक्यता रहेको छ।
प्रकाशित मिति: १४:३३ बजे, आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











