Kathmandu Press

चार दिनभित्र अनुसन्धान सक्न प्रहरीलाई निर्देशन

सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएको हो।
चार दिनभित्र अनुसन्धान सक्न प्रहरीलाई निर्देशन

काठमाडौं, वैशाख ३१ : नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिएको आरोपमा पक्राउ परेका व्यक्तिमाथि चार दिनभित्र अनुसन्धान सक्न सरकारी वकील कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले चार दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी परिसरलाई निर्देशन दिएको हो। शनिबारदेखि लागू हुने गरी अन्तिम पटक चार दिनको म्याद थप गर्न अदालत समक्ष अनुधरो गरिएको थियाे।

नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् काँग्रेसका नेता बालकृष्ण खाँण, तत्कालिन गृहसचिव रहेका टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगायत पक्राउ परेका छन् । फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझीलगायतको हकमा पक्राउ पुर्जी जारी भएको छ ।  

 

प्रकाशित मिति: १८:०२ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्