Kathmandu Press

बालकृष्ण खाणसहित १२ जनालाई ४ दिन थुनामा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।
बालकृष्ण खाणसहित १२ जनालाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौं, वैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई जिल्ला अदालत काठमाडौंले थप ४ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान नसकिएको भन्दै ४ दिन थुनामा राख्न अदालत सक्षम अनुमति मागेको थियो। सोही अनुसार जिल्ला अदालतले प्रहारीले खाणसहितका अभियुक्तलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको हो।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायत १२ जना प्रकाउ परेका छन्।

 

प्रकाशित मिति: १७:४० बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्