म्याद थपका लागि अदालत लगिएका बालकृष्ण खाणले भने– यो प्रकरणमा मेरो संलग्नता छैन
म्याद थपका लागि प्रहरीले अदालत लैजाने क्रममा सञ्चारकर्मीको ‘केही भन्नुहुन्छ मिडियालाई’ भन्ने प्रश्नमा खाणले उक्त प्रकरणमा आफू संलग्न नभएको बताए।
काठमाडौं, वैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले यो प्रकणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।
म्याद थपका लागि प्रहरीले अदालत लैजाने क्रममा सञ्चारकर्मीको ‘केही भन्नुहुन्छ मिडियालाई’ भन्ने प्रश्नमा खाणले उक्त प्रकरणमा आफू संलग्न नभएको बताए।
पूर्वगृहमन्त्री खाण गत बुधबार आफ्नै निवासबाट पक्राउ परेका थिए। सोही दिन काठमाडौं जिल्ला अदालतले ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार