Kathmandu Press

म्याद थपका लागि खाणसहितका १२ अभियुक्तलाई अदालत लगियो

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति लिन उनीहरुलाई अदालत लगिएएको हो।
म्याद थपका लागि खाणसहितका १२ अभियुक्तलाई अदालत लगियो

काठमाडौं, वैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतका अभियुक्तलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै थप समय हिरासतमा राख्न अनुमति लिन उनीहरुलाई अदालत लगिएएको हो।

यो प्रकरणमा पक्राउ परेका खाणसहितका १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको छ। तर म्याद थपको निर्णय भइसकेको छैन। तर म्याद थपको निर्णय भइसकेको छैन।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: १६:५७ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्