बंगलादेशकी प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेट
ढाकामा भएको भेटमा उनीहरूबीच दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत समग्र अन्य विषयलाई अघि बढाउने बारेमा छलफल बताइएकाे छ।
काठमाडौं, वैशाख ३० : बंगलादेश भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेका छन्।
ढाकामा भएको भेटमा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी, व्यापार, पारवहन, उर्जा र शिक्षालगायत समग्र अन्य विषयलाई अघि बढाउने बारेमा छलफल गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।
साउद शुक्रबार र शनिबार ढाकामा भएको ‘छैटौं इन्डियन ओसन कन्फरेन्स२०२३’ मा सहभागी हुन त्यहाँ गएका हुन्।
प्रकाशित मिति: १६:४७ बजे, आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











