Kathmandu Press

भ्रष्टाचारको विरोधमा अर्धनग्न बने समाजिक अभियन्ता

आइतबार विराटनगरस्थित ट्राफिक चौकमा भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएक युवाहरुले राजनीतिक दल र सिस्टम नै नांगो भइसकेकाले सरकारलाई खबरदारी गर्न आफूहरू अर्धनग्न बनेको बताएका छन्।
भ्रष्टाचारको विरोधमा अर्धनग्न बने समाजिक अभियन्ता

मोरङ, वैशाख ३१ : भ्रष्टाचारको विरोधमा विराटनगरमा अर्धनग्न विरोध प्रर्दन गरिएको छ।

०४६ यता भएका सबै ठूला भ्रष्टाचारका काण्डको फाइल खोल्न माग गर्दै आइतबार विराटनगरमा सामाजिक अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका हुन्।

सहभागीहरूले करोडौंको बंगला र घडेरी कसले किनिदियो रु लाखौंको गाडी कसले किनिदियो? लगायतका प्लेकार्ड बोकेका थिए।

343394402_246223461413395_2633262779961274000_n1684060793.jpg

आइतबार विराटनगरस्थित ट्राफिक चौकमा भ्रष्टाचारको विरुद्धमा अर्धनग्न भएक युवाहरुले राजनीतिक दल र सिस्टम नै नांगो भइसकेकाले सरकारलाई खबरदारी गर्न आफूहरू अर्धनग्न बनेको बताएका छन्।

विरोधमा सहभागीहरुले नेताहरु सबै नाङघिए उनीहरुसँगै जनता नांगिन सुरु भएको र अब विस्तारै सटर बन्द हुने अवस्था सृजना भएकाले खबरदारी गरिएको बताएका छन्।

प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमात्रै होइन अहिलेसम्मका सबै भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने माग राखे।

343690953_793939382121181_4618311718182109749_n1684060793.jpg

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्