शीर्ष तीन दलबीच संसदीय समितिको भागवण्डा मिल्यो, सभापतिहरूको टुंगो आजै लाग्ने
माले संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि कै सहमति अनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउनेमा सहमति जुटेको बताए।
काठमाडौं, वैशाख ३१ : प्रमुख तीन दलबीच संसदीय समितिको भागवण्डा मिलेको छ। आइतबरा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष र सचेतकसहितको बठैकले संसदीय समितिको भागवण्डा मिलाएको हो।
बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यसअघि कै सहमति अनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउनेमा सहमति जुटेको बताए ।
उनले बाँकी समिति सत्ता पक्षले टुंगो लगनउने सहमति भएको उनले बताए । नेम्वाङले संसद् सञ्चालनमा सत्ता पक्ष र प्रतिपक्ष आधारभूत रूपमा एक भएर जान सहमत भएको बताए।
सहमति अनुसार समितिका सभापतिहरूको टुंगो आजै लाग्ने उनले बताए ।
छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका नेता सुवास नेम्वाङ लगाएत सहभागी थिए।











