पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी
रामबहादुर थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक पनि तानिएका थिए।
काठमाडौं, वैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
काठमाडौं जिल्ला अदालतको अनुमतिमा प्रहरीले प्रतीकविरुद्ध आइतबार पुर्जी जारी गरेको हो।
रामबहादुर थापा गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि प्रतीक पनि तानिएका थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणान प्रतीक संलग्न भएको प्रमाण भेटेपछि प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले यही प्रकरणमा आइतबार नै कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई पनि हिरासतमा छन्। एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरज राई फरार छन्।











