Kathmandu Press

लेगानेसको पोष्टमा बार्सिलोनाको गोल बर्षा 

काठमाडौं, माघ १७ : लेगानेसलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा नेगानेसलाई ५/० को फराक....

लेगानेसको पोष्टमा बार्सिलोनाको गोल बर्षा 

काठमाडौं, माघ १७ : लेगानेसलाई पराजित गर्दै बार्सिलोना कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा नेगानेसलाई ५/० को फराकिलो अन्तरले हराउँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

बार्साको जितमा लियोनेल मेसीले दुई गोल गरे। खेलमा उनका अलावा एन्टोनी ग्रिजम्यान,  क्लेमेन्ट लेन्गलेट तथा आर्थरले गोल गरेका थिए।

बार्साले ग्रिजम्यानले खेलको चौथो मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। त्यसपछि सो अग्रतालाई लेन्गलेटले खेलको २७ औं मिनेटमा दोब्बर पारे र पहिलो हाफ २ गोलले अग्रता लियो ।

लेगानेसलाई ५० को फराकिलो अन्तरले हराउने क्रममा दोश्रो हाफमा मेसीले खेलको ५९ र ८९ औं मिनेटमा गोल गरे। त्यसअघि खेलको ७७ औं मिनेटमा आर्थरले चौथो गोल गरेका थिए।

प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, माघ १७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्