Kathmandu Press

शीर्ष नेताको छलफलमा अन्य नेता पनि थपिए

शीर्ष नेताको छलफलमा कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादीका हितराज पाण्डेलाई थपिएका हुन्।
शीर्ष नेताको छलफलमा अन्य नेता पनि थपिए

काठमाडौं, वैशाख ३१ : प्रधानमन्त्री निवास बालुवाटारमा जारी तीन दलका शीर्ष नेताबीचको छलफलमा अन्य नेताहरुलाई पनि बोलाइएको छ।

बालुटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले केही बेल छलफल गरेपछि ती दलका अन्य नेताहरु पनि छलफलमा थपिएका छन्।

शीर्ष नेताको छलफलमा कांग्रेस उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, नेता रमेश लेखक, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादीका हितराज पाण्डेलाई थपिएका हुन्।

प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि तीन राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका हुन्। 

नेताहरुबीच बजेट र नीति तथा कार्यक्रमसहित संसदीय सुनुवाई समिति गठनबारे छलफल भइरहेको बताइएको छ।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्