Kathmandu Press

दाहाल, ओली र देउवा छलफलमा

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली छन्।
दाहाल, ओली र देउवा छलफलमा

काठमाडौं, वैशाख ३१ : प्रमुख दलका शीर्ष तीन नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओली छन्।

शीर्ष तीन नेताबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

संसदमा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ तानिरहेका बेला उनीहरूको भेटघाटलाई अर्थपूर्णरूपमा लिइएको छ।

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्