Kathmandu Press

‘नेकपा ब्युँताउन तयार छु, तर केपी ओली सच्चिनुपर्छ’

‘अहिले पनि म नेकपा व्युताउन तयार छु । एमाले अध्यक्ष केपी ओली सच्चिएर आउनुहुन्छ भने एकै ठाउँ बस्न सकिन्छ।’
‘नेकपा ब्युँताउन तयार छु, तर केपी ओली सच्चिनुपर्छ’
फाइल तस्बिर ।

काठमाडौं, वैशाख ३० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेकपा ब्युँतिनै सम्भावना अझै रहेको बताएका छन्।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओली सच्चिए नेकपा ब्युँताउन आफू रहेको रहेको बताए।

कार्यक्रममा उनले भने, ‘अहिले पनि म नेकपा व्युताउन तयार छु, एमाले अध्यक्ष केपी ओली सच्चिएर आउनुहुन्छ भने एकै ठाउँ बस्न सकिन्छ।’

उनले अहिले राजावादीहरुले ठाउको उठाउन थालेकाले कम्युनिष्टहरुको जिम्मेवारी बढ्दै गएको उल्लेख गरे।

नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन्। नेपालले शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेको र पार्टीको समर्थन रहेको भन्दै गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको बताए।

उनले क्त प्रकरणमा सरकारले खुट्टा कमाउन हुने भन्दै जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुने धारणा राखे । देशद्रोही काममा कम्युनिष्ट भनिएका व्यक्तिहरु नै संलग्न हुनु लाजमदो कुरा भएको उनले बताए।

त्यस्तै अध्यक्ष नेपालले सत्तामा बसेका माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए।

 

प्रकाशित मिति: १८:४६ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्