एमालेले भन्यो– राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष छानविन गरी दाेषाीमाथि कारबही हाेस्
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा भएको निष्कर्ष निकालेको छ। त्यस्तो घृणित धन्दामा संलग्न जोकोही भए पनि त्यसलाई हदैसम्मको सजाय गर्न एमालेले भनेको छ।
काठमाडौं, वैशाख ३० : नेकपा एमालेले भुटानी शरणार्थी प्रकरणमा कुनै राजनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गर्न माग गरेको छ। उसले जनीतिक पूर्वाग्रह र दबाबबिना निष्पक्ष रूपमा छानबिन गरी दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न पनि माग गरेको छ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने घृणित ठगी धन्दा भएको निष्कर्ष निकालेको छ। त्यस्तो घृणित धन्दामा संलग्न जोकोही भए पनि त्यसलाई हदैसम्मको सजाय गर्न एमालेले भनेको छ।
दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ सरकार सजग हुनुपर्ने एमालेले बताएको छ। ‘सोच्न पनि नसकिने यस्तो काममा एकातिर गृह मन्त्रालयकै उच्च नेतृत्व संलग्न रहनुले राज्यविरुद्धको अपराध कति संगठित रूपमा अघि बढाइएको रहेछ भन्ने देखिन्छ भने अर्कातिर यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको छ,’ एमालेले भनेको छ।
एमालेले हिरासतमा राखिएका व्यक्तिहरूलाई छानबिनको दायरामा आउन सक्ने व्यक्तिसँग अवैधरूपमा भेटघाट गराउने, पैसा ुदिएर मुद्दा मिलाउने प्रयास गर्ने, असम्बद्ध व्यक्तिहरूको नाम लिन र आफू अनुकूलको बयान गराउन दबाब दिइएको जस्ता सूचना सार्वजनिक भएको भन्दै प्रश्न गरेको छ।
राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा सहयोग हुने समेत एमालेले जनाएको छ।











