Kathmandu Press

गाउँपालिका अध्यक्षको प्रतिबद्धतापछि हाइटेन्सन लाइनबाट उत्रिए माझी

बुढीगंगाका अध्यक्ष जितनारायण थापामगरले घटना स्थलमै आएर सडक निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपछि माझी अपरान्ह साढे ४ बजे हाइटेन्सन लाइनबाट उत्रिएको बताइएको छ।
गाउँपालिका अध्यक्षको प्रतिबद्धतापछि हाइटेन्सन लाइनबाट उत्रिए माझी

मोरङ, वैशाख ३० : गुणस्तरहीन सकड निर्माण रोक्न माग गर्दै हाइटेन्सन प्रसारणलाइनमा चढेका ४० वर्षीय दिनेश माझी ओलिएका छन्।

बुढीगंगा गाउँपालिका–७ डंग्राहाका माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग शनिबार बिहान ६ बजे एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका थिए।

बुढीगंगाका अध्यक्ष जितनारायण थापामगरले घटना स्थलमै आएर सडक निर्माणको काम रोक्ने प्रतिबद्धता जनाएपछि माझी अपरान्ह साढे ४ बजे हाइटेन्सन लाइनबाट उत्रिएको बताइएको छ।

माझी हाइटेन्सन लाइनमा चढेको खबर प्रहरीले गरेपछि धनकुटा रहेका अध्यक्ष थापामगर बुढीगंगा आएका थिए।

प्रकाशित मिति: १८:०४ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्