‘देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्छ’
मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका हुन्।
काठमाडौं, वैशाख ३० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका छन्।
बाहिङ किरात मुलुखिमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री किरातीले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली सभ्यतामाथि नै धोका भएको भन्दै देश र जनतामाथि गद्दार गर्नेहरुलाई जेलमा हाल्नुपर्ने बताएका हुन्।
नेपालीलाई सुख र नेपालको बिकास र समृद्धि होस भनेर लोकतन्त्र ल्याएको भन्दै मन्त्री किरातीले अहिले लोकतन्त्रमा लुटतन्त्र चलेको धारणा राखे। उनले अब ढिलो नगरी ठूला–ठूला भ्रष्टाचारका फाइलहरु खोल्नुपर्ने र यसमा आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिए।
‘हिजोसम्म देशको गृह प्रशासन चलाउनेहरु नागरिकलाई शरणार्थी बनाएकै कारण जेलमा छन्,’ उनले भने, ‘समय भन्दा ठूलो केही छैन्।’ उनले अहिलेको शत्रु भ्रष्टाचार र अशिक्षा भएकाले अव दुबै कुराको अन्त्य हुनुपर्ने बताए।











