Kathmandu Press

नेपाल र भारतबीचको सिमानालाई चुस्त राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतना जागृत भएको बताइन्।
नेपाल र भारतबीचको सिमानालाई चुस्त राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, वैशाख ३० : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको भौगोलिक सिमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छिन्।

शनिबार काठमाडौंमा सुरेन्द्र भण्डारी र अच्युत गौतमद्वारा लिखित ‘नेपाल–इन्डिया फ्रन्टियर डिप्लोमेसी इन रिफरेन्स टु काली रिभरः पर्सपेक्टिभ अफ इन्टरनेशनल ल’ नामक कुटनीतिक पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारका लागि दुई देशबीचको भौगोलिक सिमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने बताइन्।

उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएकाले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने उल्लखे गरिन्।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतना जागृत भएको बताइन्।

उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य र तथ्याङ्क उल्लेख गरिएको छ।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्