Kathmandu Press

सरकार अहिले जनता बचाउने अभियानमा छ : मन्त्री गुरुङ

मन्त्री गुरुङले जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुने उल्लेख गरे। भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको बताए।
सरकार अहिले जनता बचाउने अभियानमा छ : मन्त्री गुरुङ

चितवन, वैशाख ३० : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन्। शनिबरा चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो भएको उल्लेख गरे।

‘अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो। सरकार त्यही अनुरुप अघि बढेको छ,’ मन्त्री गुरुङले भने ।  

भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए। यो घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उनले बताए।

 ‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिंङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ’, उनले भने। नक्कली भुटानी शरणार्थी प्रकणमा विषयमा दबाब आइरहेको उनले बताए ।

मन्त्री गुरुङले जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुने उल्लेख गरे। भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको बताए।

नेपाली  कांग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिनमा होस भन्ने रहेको उनको भनाइ थियो । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उनले बताए ।

अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने विषयमा पार्टीभित्र छलफल नभएको बताए।

प्रकाशित मिति: १५:४५ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्