Kathmandu Press

भ्रष्टाचार विरोधी नाराले गुञ्जयमान माइतीघर

काठमाडौंको माइतीघर मण्डलामा शनिबार बिहान विरोध प्रदर्शन गरिएको हो। युवाहरुले गीत र कविता वाचनमार्फत भ्रष्टाचारीलाई कारबाहीको माग गरे।
भ्रष्टाचार विरोधी नाराले गुञ्जयमान माइतीघर

काठमाडौं, वैशाख ३० : नक्कली शरणार्थी प्रकरणमा ‘हाइ प्रोफाइल’हरु पक्राउ पर्ने र मुछिने क्रम बढ्दै गएपछि स्तन्त्र रुपमा जनताहरु ठाउँ–ठाउँमा भेला भएर भ्रष्टाचार विरुद्ध प्रदर्शनमा गरिरहेका छन्।

काठमाडौंको माइतीघर मण्डलामा शनिबार बिहान विरोध प्रदर्शन गरिएको हो। युवाहरुले गीत र कविता वाचनमार्फत भ्रष्टाचारीलाई कारबाहीको माग गरे।

n61683965275.jpg

तीन दिनअघि युवा अभियन्ता तथा उद्यमी दिव्येश गिरीले हामी नेपाली ह्यास्ट्यागसहित सामाजिक सञ्जाल मार्फत् गरेको आव्हानपछि स्वतस्फूर्त र स्वतन्त्र रुपमा तय भएको सो कार्यक्रममा प्रदर्शनकारीले भ्रष्टाचार सहन्नौं, भ्रष्टाचारीलाई कारगार, अर्थतन्त्र मन्द छ, भ्रष्टाचारको धन्दा छ जस्ता नारा लगाएका छन्।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले टोपबहादुर हो कि टापबहादुर, सचिव÷मन्त्री सोचेको तसकर र विचौलिया परेछ, देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

n51683965275.jpg

विरोध स्वरुप हातमा प्लेकार्ड बोकेका दर्जनौं सहभागीको लाममा चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसी, विवेकशील साझाका मिलनपाण्डे, रन्जु दर्शनादेखि अरु क्षेत्रका व्यक्तित्वहरु पनि सहभागी थिए।

सम्बोधन गर्दै डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई सरकारले कारबाही गर्नुपर्ने बताए। उनले टोपबहादुर रायमाझीलाई अबिलम्व पक्राउ गर्नुपर्ने माग गरे।

n31683965274.jpg

देशका अन्य स्थानहरुबाट पनि भ्रष्टाचार विरुद्ध प्रर्दशन भएका खबरहरु प्राप्त भएका छन्। विराटनगर, भैरहवा, बुटवल, पोखरा, सिन्धुलीलगायतका स्थानमा भ्रष्टाचार विरोधी प्रदर्शनहरु भइरहेका छन्।

N1683965273.jpg

 

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, वैशाख ३०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्