गुणस्तरहीन सकड निर्माण रोक्न माग गर्दै मोरङमा एक युवा हाइटेन्सन प्रसारणलाइनमा चढे
परिवार, आफन्त र प्रहरीले उनलाई झार्ने प्रयास गरेपनि गाउँपालिक अध्यक्ष र उपाध्यक्ष आफैं आए आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने उनको माग छ।
मोरङ, वैशाख ३० : गुणस्तरहीन सकड निर्माण रोक्न माग गर्दै मोरङको बुढीगंगाका एक पुरुष हाइटेन्सन प्रसारणलाइनमा चढेका छन्।
बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनमा चढेका हुन्। उनले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निर्माणको काम रोक्न माग गरेका छन् ।
उनी शनिबार बिहान ६ बजे हाइटेन्सन लाइनमा चढेको प्रहरीले जनाएको छ। परिवार, आफन्त र प्रहरीले उनलाई झार्ने प्रयास गरेपनि गाउँपालिक अध्यक्ष र उपाध्यक्ष आफैं आए आएर काम रोक्ने प्रतिबद्धता जनाउनु पर्ने उनको माग छ।
अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार धनकुटामा छन्। उद्धारका लागि माथि चढ्दा हाम्फाने डर भएकाले अध्यक्ष र उपाध्यक्षलाई चाँडो आउन अनुरोध गरेको प्रहरीले जनाएको छ।
माझीले आफ्नो मागलाई वेवास्ता गरे आत्महत्या गर्ने चेतावनी समेत दिएका छन्।











