एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ।
काठमाडौं, वैशाख ३० : नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक शनिबरा पनि बस्दैछ।
बैठक ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजे बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। उनका अनुसार स्थायी कमिटी बैठकले पारित गरेको एक वर्षको वार्षिक कार्ययोजनालाई बैठकले अनुमोदन गर्नेछ।
यस्तै बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन र ‘मिसन ग्रासरुट’ अभियानमा गरिएको समीक्षा प्रतिवेदनमा जवाफ दिनेछन्।
एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी आगामी जेठदेखि चैतसम्म कार्ययोजना ल्याई सञ्चालन गर्ने जनाएको छ। यही वैशाख २८ गतेदेखि जारी रहेको एमाले केन्द्रीय कमिटी बैठक आज सकिनेछ।
प्रकाशित मिति: १२:३९ बजे, शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











