धादिङमा गुडिरहेको बसमा आगलागी
बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
काठमाडौं, वैशाख ३० : त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी–९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ।
नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बस गणेशस्थानमा आइपुग्दा एक्कासी आगलागी भएको थियो ।
बसमा आगोलागे पनि बसमा सवार ३३ यात्रु भने सकुशल भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।
आगलागीबाट बसका सबै सिट जलेर नष्ट भएका छन् भने अगाडि र झ्यालका सबै सिसामा पूर्णरुपले क्षति पुगेको छ ।
विद्युत सट भइ बसमा आगो लागेको प्रहरीको अनुमान छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपछि केहीबेर अवरुद्ध बनेको सडक सञ्चालनमा आइसकेको छ ।
प्रकाशित मिति: १२:२९ बजे, शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











