एमाले स्थायी कमिटी बैठक बस्दै
बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल हुने छ।
काठमाडौं, वैशाख ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक च्यासलस्थित एमाले मुख्यालयमा बिहान ८ बजे बस्ने छ।
शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक समय अभावका कारण शनिबारका लागि सारिएको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।
केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिने प्रचार विभागका उपप्रमुख रिजालले जानकारी दिए।
प्रकाशित मिति: ०७:०५ बजे, शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











