Kathmandu Press

दायाहाङ स्टारर ‘नीरफूल’को ट्रेलर सार्वजनिक

शुक्रबार सार्वजनिक भएको ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ।
दायाहाङ स्टारर ‘नीरफूल’को ट्रेलर सार्वजनिक

काठमाडौं, वैशाख २९ : दयाहाङ राई स्टारर फिल्म ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ। कोराना महामारी अघि नै निर्माण भएको फिल्म जेठ २६ गतेदेखि प्रदर्शनमा आउँदै छ।

फिल्म ०७२ को महाभूकम्प र त्यसका कारण परिवारका सदस्य गुमाइएकाको कथावस्तुमा बनेको छ। शुक्रबार सार्वजनिक भएको ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखिन्छ।  

Hardik ivf

फुलमान बलले निर्देशन गरेको फिल्ममा दयाहाङसँगै, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी गुरुङलगायतको अभिनय छ।

पटकथा लेखकसमेत रहेका निर्देशक वलले भूकम्पले भत्काएका मनहरुलाई  ‘नीरफूल’मार्फत जोड्ने प्रयास गरेको बताए । उलने भने, ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरु पुनर्निर्माण गर्न अझै बाँकी छ । नीरफूल तिनै भत्किएका सम्बन्धहरुको सानो कथा हो।’

अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरू फिल्मको व्यस्तताका बीच पनि ‘नीरफूल’लाई समय निकालेर रुबी भ्याली पुगेको बताए। फिल्मा आफ्नो अन्य फिल्ममा भन्दा निकै फरक भूमिका रहेको उनले बताए। अभिनेता राईले नेपाली फिल्ममा समाज आएन, कन्टेन्ट आएन भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेका बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने दाबबी गरे।

धादिङको रुबी भ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा पनि विशेष भूमिकामा छिन्। सचिन घिमिरे एसोसिएट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन्।

प्रकाशित मिति: १८:३४ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्