Kathmandu Press

न्याय माग्दै बिनु यादवले थालिन आमरण अनशन

बिनुले शरीरले साथ दिँदासम्म सत्यका लागि लड्ने बताएकी छिन्। साथै उनले बाँचे भने यस्ता धेरै माग राखेर सडकमा पीडित साथीहरुको लागि पनि आउने प्रतिबद्धछा जनाएकी छिन्।
न्याय माग्दै बिनु यादवले थालिन आमरण अनशन

काठमाडौं, वैशाख २९ : न्याय गर्दै बिनु यादवले आमरण अनशन थालेकी छन्। घरेलु हिंसा पीडित बिनुले आइतबार माइतीघर मण्डलाबाट आमरण अनशन थालेकी हुन्।

बुधबार सर्वोच्च अदालतको गेट अगाडि निषेधित क्षेत्रमा अनशन बसेकी बिनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्र

प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी बिनुले आफूमाथि श्रीमान् र श्रीमान्‌का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।

पटक–पटक संघर्ष गर्दा पनि सरकारले आफूलाई न्याय दिने गरी अनुसन्धान र मुद्दा प्रक्रिया अघि नबढाएको गुनासो गर्ने उनी अहिले ६ बुँदे माग राखेर आमरण अनशनमा बसेकी छिन्।

बिनुले शरीरले साथ दिँदासम्म सत्यका लागि लड्ने बताएकी छिन्। साथै उनले बाँचे भने यस्ता धेरै माग राखेर सडकमा पीडित साथीहरुको लागि पनि आउने प्रतिबद्धछा जनाएकी छिन्।

उनले ०७५ सालमा आफूमाथि जबरजस्ती करणी हुँदा कालीमाटी प्रहरीमा दिएको उजुरी जबरजस्ती फिर्ता लिन लगाइएको भन्दै त्यस्तो कार्य गर्ने डिएसपी सुरज कार्कीलाई कारबाही गर्न माग गरेकी छिन्।

बिनुले त्यसबेला मुद्दा फिर्ता गर्न लगाएर विवाहको नाटक रचेको र बलात्कारको हदम्याद सकिएपछि आफूसँग सम्बन्धविच्छेद गरी अलपत्र छोडेर हिँड्ने गरी षड्यन्त्र गरिएको आरोप लगाएकी छन् । उनले आफूलाई न्यायबाट बन्चित गराउने न्यायाधीश र संलग्न अधिकारीहरुलाई समेत अनुसन्धान र कारबाहीको माग गरेकी छन्।

प्रकाशित मिति: १८:२३ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्