Kathmandu Press

फरार टोपबहादुर खोज्न सिआईबीले लग्यो संसद् सचिवालयको फुटेज

मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म सचिवालयका चार वटा सिउसीटीभी क्यामेराको फुटेज सिआईबीले लगेकोसंसद्‍ सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।
फरार टोपबहादुर खोज्न सिआईबीले लग्यो संसद् सचिवालयको फुटेज

काठमाडौं, वैशाख २९ : प्रहरीले फरार रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायामाझीलाई खोज्न सक्रियता देखाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएसँगै पक्राउ पुर्जी जारी भएपछि फारर भएका रायमाझीलाई खोज्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले संसद्‍ सचिवालयको सिसीटिभी फुटेज लगेको छ।

गत मंगलबार रायामाझी बिरामी भएको भन्दै संसद सचिवालयमा निवदेश बुझाउने व्यक्तिको खोजीका लागि सिआईबीले संसद् सचिवालयको फुटेज लगेको हो।

मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म सचिवालयका चार वटा सिउसीटीभी क्यामेराको फुटेज सिआईबीले लगेकोसंसद्‍ सचिवालयका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन्।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‍ सचिवालयमा चिठ्ठी पठाएका थिए ।

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्