मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य उपराष्ट्रपति यादव
स्व. नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व पाठकको संघर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए।
काठमाडौैं, वैशाख २९ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा संघीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन्।
स्व. नेता प्रेमकृष्ण पाठकबारे लेखिएको ‘अनेक आयामका क्रान्ति योद्धाः प्रेमकृष्ण पाठक’ नामक पुस्तकको लोकार्पण गर्दै उनले स्व पाठकको संघर्षबाट नेपालका नयाँ पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताए।
उपराष्ट्रपति यादवले नेपालमा २००७ सालदेखि २०४६ सालसम्म भएका विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै गणतन्त्र स्थापना र न्यायपालिकाको विकासमा स्व नेता पाठकले पुर्याएको योगदानको चर्चा गरे।
पछिल्लो पटक भएका आन्दोलनमा युगान्तकारी परिवर्तनका मुद्दा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, समावेशीतालगायतमा समेत नेता पाठकको महत्वूर्ण भूमिका रहेको उपराष्ट्रपति यादवको भनाइ छ।
प्रकाशित मिति: १७:४५ बजे, शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार