Kathmandu Press

गण्डकी सरकारमा मनाङे आउट, जीतप्रकाश इन

मुख्जमन्त्री पाण्डेले मनाङेको स्थानमा कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै शपथ ग्रहणको तयारी गरेका छन्। पाण्डे सुरुआतदेखि मनाङेलाई मन्त्री बनाउने पक्षमा थिएनन्।
गण्डकी सरकारमा मनाङे आउट, जीतप्रकाश इन

कास्की, वैशाख २९ : नेकपा एकीकृत समाजावादीका सांसद दीपक मनाङे (राजीव गुरुङ) गण्डीक प्रदेश सरकारमा मन्त्री नबन्ने भएका छन्। कांग्रेस नेता सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बनेको गण्डकी सरकारमा नेकपा एसले मनाङलाई मन्त्री बनाउन सिफारिस गरेको थियो।

तर, मुख्जमन्त्री पाण्डेले मनाङेको स्थानमा कांग्रेसकै जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै शपथ ग्रहणको तयारी गरेका छन्। पाण्डे सुरुआतदेखि मनाङेलाई मन्त्री बनाउने पक्षमा थिएनन्।

आज ४ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तारको तयारी भएपनि मुख्यमन्त्री पाण्डेले कांग्रेसका २ र माओवादीका १ गरी ३ जनालाई मन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहणको तयारी गर्न भन्दै प्रदेश प्रमुखलाई पत्र पठाएका थिए।

गठबन्धनका शीर्ष नेतासँगको छलफलपछि मुख्यमन्त्री पाण्डे मनाङेलाई मन्त्री नबनाउने पक्षमा पुगेको बताइएको छ।

आले तनहुँ–२ (ख)बाट प्रदेशसभा सदस्य बनेका थिए। आले राष्ट्रपति रामचन्द्र पौडेल निकटका नेता हुन्।

आजै कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका दिपेन्द्र थापा तथा माओवादीका रेशम जुग्जाली मन्त्री नियुक्त भएका थिए। मन्त्री नियुक्त भइसकेका तीनसहित चारै जनाले केही बेरमा शपथ लिने बताइएको छ।

 

प्रकाशित मिति: १६:१० बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्