Kathmandu Press

संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

शिक्षक सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलबभत्ता दिनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारी सरह गराउनुपर्ने माग राखिएको छ।
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, वैशाख २९ : संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार विभिन्न १४ संघसंगठनले संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले आगामी बजेट मार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षकलाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने पनि माग गरेका छन्। न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एकवर्षदेखि निरन्तर आन्दोलनमा छन्।

61683886939.jpg

शिक्षक महासंघले २०७५ र २०७८ सालमा शिक्षा मन्त्रालयसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न समेत स्मरण गराएको छ। उक्त सम्झौताअनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीको माग गरे।

विगतका सम्झौता कार्यान्वयनका लागि दबाब दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ । शिक्षक सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलबभत्ता दिनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारी सरह गराउनुपर्ने माग राखिएको छ।

11683886878.jpg

प्रदर्शनमा स्थायी, अस्थायी, करार, राहत, बालकक्षा, साबिक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायतका शिक्षक र विद्यालयका लेखापाल, कार्यालय सहयोगी लगायत कर्मचारी सहभागी थिए ।

21683886876.jpg

31683886873.jpg

41683886872.jpg

प्रकाशित मिति: १६:०० बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्