परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रमम छ।
काठमाडौं, वैशाख २९ : परराष्ट्रमन्त्री एनपी साउद बंगलादेशको प्रस्थान गरेका छन्। उनी वैशाख २९ र ३० गते हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार बंगलादेश प्रस्थान गरेका हुन्।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको सम्मेलनमा मन्त्री साउदले वैशाख ३० गते सम्बोधन गर्ने छन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बंगलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्ने कार्यक्रमम छ। यस्तै, विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्ने छन्।
उनी कार्यक्रममा सहभागी भएर वैशााख ३१ गते स्वदेश फर्कनेछन्।
प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











