नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री समक्ष राप्रपाकाे माग
कुनै बहानामा नक्कली भुटानी शरणार्थी प्रकरण नलम्याउन र निष्पक्ष तथा दबाबरहित भएर दोषीलाई कानुनी दायरामा ल्याउन राप्रपाले माग गरेको छ।
काठमाडौं, वैशाख २९ : नक्कली भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्याउन र संलग्न जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्कपमल दहाललाई ज्ञापन पत्र बुझाएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेटेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले ज्ञापन पत्र बुझाए।
कुनै बहानामा नक्कली भुटानी शरणार्थी प्रकरण नलम्याउन र निष्पक्ष तथा दबाबरहित भएर दोषीलाई कानुनी दायरामा ल्याउन राप्रपाले माग गरेको छ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई कुनै पनि कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ,’ राप्रपाले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राष्ट्रिय प्रजातन्त्र पार्टी जोडदार माग गर्दछ।’
यो प्रकणमा दोषीलाई उम्काउन खोज्ने कुनै पनि योजना र चलखेलविरुद्ध सदन र सडकबाट आन्दोलन गर्न पछि नहट्ने समेत राप्रपाले प्रतिबद्धता जनाएको छ।











