Kathmandu Press

प्रधानमन्त्री दाहाल र रास्वपा सभापति लामिछानेबीच भेट

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नोतर्फबाट साथ रहने बताएका थिए।
प्रधानमन्त्री दाहाल र रास्वपा सभापति लामिछानेबीच भेट
फाइल तस्बिर।

काठमाडौं, वैशाख २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए।

यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नोतर्फबाट साथ रहने बताएका थिए।

प्रकाशित मिति: १४:४२ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्