Kathmandu Press

आफ्नै स्कुलका बालबालिकामाथि यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

शुभद्रा मदन फाउन्डेसनका सञ्चालक राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले शुक्राबार दिउँसो पक्राउ गरेको हो।
आफ्नै स्कुलका बालबालिकामाथि यौन दुर्व्यवहारको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

खोटाङ, वैशाख २९ : आफ्नै स्कुलका बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ परेका छन्।

शुभद्रा मदन फाउन्डेसनका सञ्चालक राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको टोलीले शुक्राबार दिउँसो पक्राउ गरेको हो।

राईलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बताए। राईविरुद्ध लिखित र मौखिक उजुरी खाएको उनले बताए।

राईले विद्यालयका बालबालिकालाई अश्लील शब्द प्रयोग गर्ने‚ अश्लील हर्कत गर्न लगाउनेलगायत यौन दूराचार गरेको समाचर बिहीबार प्रकाशित भएको छ। सेतोपाटी टडकमले समाचारसहित राईको अश्लील हर्कत झल्किने भिडियो पनि प्रकाशित गरेको थियो।

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्