Kathmandu Press

गण्डाकी प्रदेश मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले आजै शपथ लिने

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशम जुग्जाली मन्त्री बनेका छन्।
गण्डाकी प्रदेश मन्त्रिपरिषद् विस्तार, नवनियुक्त चार मन्त्रीले आजै शपथ लिने

कास्की, वैशाख २९ : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश मन्त्रिपरिषद्को विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले ४ जनालाई समेट्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

विस्तारित मन्त्रिपरिषद्मा कांग्रेसका २, नेकपा माओवादीका १ र एकीकृत समाजवादीबाट १ सहभागी छन्। योसँगै गण्डकी प्रदेश मन्त्रिपरिषद् ७ सदस्यी भएको छ।

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशम जुग्जाली मन्त्री बनेका छन्।

उनीहरु मन्त्री बन्ने पक्का भएपनि मन्त्रालयको नाम भने सार्वजनिक गरेको छैन। उनीहरुले ४ बजे पद तथा गोपनियताको शपथ लिनेछन्।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले १५ गते कांग्रेसका सरस्वती अर्याल तिवारी र माओवादीका सुशीला सिम्खडालाई समेट्दै तीन सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए।

प्रकाशित मिति: १३:२० बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्