Kathmandu Press

‘विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ’

प्रधानमन्त्री दहालले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए।
‘विदेशी लगानी आकर्षित गर्न सरकार प्रतिबद्ध छ’

काठमाडौं, वैशाख २९ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विदेशी लगानी आकर्षित गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शुक्रबार लगानी बोर्ड नेपाल र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको लगानीका लागि अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले विदेशी लगानी आकर्षित गर्न र नयाँ अवसर सिर्जना गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिबद्ध रहेको बताए।

उनले नेपालको विकास प्रयासहरूमा वित्तीय संस्था र विकास साझेदारका साथै  निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको धारणा राखे।

लगानीको वातावरण बनाउनका लागि नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्था सुधार गर्न पहल गरिसकेको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:३३ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्