Kathmandu Press

गण्डकीमा माओवादीका रेशम जुग्जाली मन्त्री बन्ने

प्रदेश सरकारमा जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने छन्।
गण्डकीमा माओवादीका रेशम जुग्जाली मन्त्री बन्ने

कास्की, वैशाख २९ : माओवादी केन्द्रका रेशम जुग्जाली गण्डकी प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन्। माओवादी केन्द्रले म्याग्दीबाट निर्वाचित जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरेको हो।

कांग्रेस नेतृत्वमा बनेको गण्डकी प्रदेश सरकारमा माओवादीले २ मन्त्री पाउने छ। यसअघि नै माओवादीका सुशीला सिम्खडा बिनाविभागीय मन्त्री थिए ।

प्रदेश सरकारमा जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सिम्खडालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने छन्।

जुग्जाली अघिल्लो सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए। गठबन्धन फेरिएपछि पनि उनले पुनः मौका पाएका छन्।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य कुसुम बुढाले आजै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको बताए। ‘माओवादी केन्द्रले मन्त्रीको नाम टुङ्ग्याइसकेको छ, कांग्रेसभित्र आकांक्षी धेरै भएकाले मिलाउन समय लागेको देखिन्छ’, उनले भने।

गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट मिलिसकेको र मन्त्री छान्न ढिलाइ भएको उनले बताए।

सातमध्ये मुख्यमन्त्रीसहित चार मन्त्रालय कांग्रेसले, दुई माओवादी केन्द्रले र एक नेकपा एकीकृत समाजवादीले पाउनेछ।

मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले छिट्टै पूर्णता पाउने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले बताए। हाल मन्त्रिपरिषदमा मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीमात्र छन्।

प्रकाशित मिति: ११:४१ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्