Kathmandu Press

हलमा ‘हल्कारा’

हुलाकीको सपना र अन्तरसंघर्षलाई प्रस्तुत गरिएको फिल्ममा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ। निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन्।
हलमा ‘हल्कारा’

काठमाडौं, वैशाख २९ : प्रविधिले दिएको यो सहजताको समयमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् हल्काराको कथामा बनेको फिल्म हल्करा आजदेखि प्रदर्शनमा आएको छ।

कलात्मक शैलीलाई उजागर गरेर तयार गरिएको चलचित्र बजारमा आइरहेका मसालेदारभन्दा कम नरहेको निर्देशक विक्रम सापकोटाले जानकारी दिए। उनले नेपालमा गरिएका सोमार्फत चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको बताए।

Hardik ivf

‘हामीले देखाउन खोजेको विषयलाई दर्शक बनेर विशेष प्रदर्शनीमा हेर्नुभएकाले महसुस गर्नुभयो। सार्वजनिक प्रदर्शनमा पनि दर्शकको मन जित्नेमा विश्वस्त छौं’, उनले भने, ‘हुलाकीको आँखाबाट भनिएको जीवनको मर्मस्पर्शी कथा बोकेको चलचित्रमा वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ।’

हुलाकीको सपना र अन्तरसंघर्षलाई प्रस्तुत गरिएको फिल्ममा गाउँको परिस्थिति र सामाजिक सचेतना पनि समेटिएको छ। निर्देशक सापकोटा नेपालमा स्थापित चलचित्रको भाष्य शैलीमा समेत यसले परिवर्तन ल्याउनेमा विश्वस्त छन्।

फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायतको अभिनय छ।

फिल्ममा शीर्षभूमिमा महेश त्रिपाठी छन्। हुलाकीलाई बाल्यकालमा देखेका त्रिपाठीलाई चरित्र निर्माण गर्न निर्देशकले पटकथामा तयार पारेको पात्रले सहज बनायो। ‘चलचित्रले बाल्यकालको स्मृतिलाई ताजा बनायो। हुलाकीसँग जोडिएको सन्दर्भ सम्झेँ। आफ्नो पात्रलाई पढेपछि बाध्यता र स्थितिलाई महसुस गरेँ’, उनले भने।

फिल्मकी अर्की प्रमुख पत्रा विनिता थापामगरले फिल्ममा अभिनेत्रीको परिभाषालाई नपछ्याइएको बताइन्। उनले भनिन्, ‘अभिनेत्रीको सुन्दरता अनुहारमा नभई पात्रको विभिन्न आयाममा झल्किन्छ। पात्र बाँचेकी छु।’

फिल्मको लेखन निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बरालले गरेका हुन्। चिन्तन राजभण्डारी खिचेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन्।

प्रकाशित मिति: ११:१४ बजे, शुक्रबार, वैशाख २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्