मोरङको राठी इन्डष्ट्रिजमा आगलागी
शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ।
काठमाडौं, वैशाख २९ : मोरङको बूढीगंगास्थित राठी इन्डष्ट्रिजमा आगलागी भएको छ ।
बूढीगंगा गाउँपालिका–५ रहेको राजेन्द्रकुमार राठीको सो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ।
शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएकाे छ।
आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











