Kathmandu Press

एमालेले भन्यो– टोपबहादुर पार्टीको सम्पर्कमा छैनन्

बिहीबार बसेको केन्द्रिय कमिटी बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टोपबहादुर रायमाझी पार्टीसँग सम्पर्कमा नभएको दाबी गरे।
एमालेले भन्यो– टोपबहादुर पार्टीको सम्पर्कमा छैनन्

काठमाडौं, वैशाख २८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि फरारा रहेका सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पार्टीको सम्पर्कमा नरहेको एमालेले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि टोपबहादुर आठ दिनदेखि फरार छन्।

बिहीबार बसेको केन्द्रिय कमिटी बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले टोपबहादुर रायमाझी एमालेसँग सम्पर्कमा नभएको दाबी गरे।

उनले भने, ‘हामीले अनुसन्धानमा सहयोग पुर्‍याउनुस् भन्ने हाम्रो आग्रह थियो । तर उहाँ अहिलेसम्म प्रहरीसम्म पुग्नुभएको छैन। हामीसँग पनि सम्पर्कमा हुनुहुन्न। उहाँ कहाँ हुनुहुन्छ? हामीलाई केही थाहा छैन।’

 

प्रकाशित मिति: १९:२४ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्