मधेश सरकारको नेतृत्वमा लोसपाको दाबी
उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गरे।
धनुषा, वैशाख २८ : मधेश प्रदेश सरकारको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दाबी गरेको छ। अध्यक्ष महन्थ ठाकुरले बिहीबार मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनर्गठनको माग गर्दै सरकारको नेतृत्वमा दाबी गरेका हुन्।
जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताए ।
अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए। गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अब लोसपाकै पालो भएको उनले बताए।
उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गरे।
अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन्।











