Kathmandu Press

नागिरक उन्मुिक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय बताए। उनले सरकारमा रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय भएको बताए।
नागिरक उन्मुिक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने

कैलाली, वैशाख २८ : नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने र्भएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय बताए। उनले सरकारमा रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय भएको बताए।

सुदूरपश्चिममा नागरिक उमुक्ति पार्टीका ६ सांसद छन्। सरकारमा सहभागी हुनेको नाम टुंगो लागेपनि नागरिक उमुक्ति पार्टीले कुन–कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

नागरिक उमुक्ति पार्टीले सामाजिक विकास र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री पनि माग गरेको छ।

संसदीय दलको बैठकअघि नाउपका प्रदेश सांसदले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्