Kathmandu Press

लेखा परीक्षण प्रतिवे्दन सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक सताभित्र प्रतिवदेशन सर्वाजनिक गर्न आयोगले विज्ञप्ति निकाल्दै निर्देशन दिएको छ।
लेखा परीक्षण प्रतिवे्दन सार्वजनिक गर्न दलहरूलाई आयोगको निर्देशन

काठमाडौं, वैशाख २८ : लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्वाचन आयोगले राजनीतिक दलहरुलाई निर्देशन दिएको छ। आर्थिक वर्ष २०७८/८९को लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका राजनीतिक दललाई आयोगक सो प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको हो।

लेखा परीक्षण प्रतिवेदन बुझाइसकेका ८२ राजनीतिक दललाई एक सताभित्र प्रतिवदेशन सर्वाजनिक गर्न आयोगले विज्ञप्ति निकाल्दै निर्देशन दिएको छ। आफ्नो वेवसाइट या अन्य माध्यमबाट प्रतिवेदन सार्वजनिक गरेरको सो जानकारी आयोगमा गराउन दलरुलाई भनिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (१) बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था छ ।

जसअनुसार आयोगमा ८२ दलले त्यस्तो विवरण अद्यावधिक गराएका छन् । आयोगले निरन्तर दुई आर्थिक वर्षसम्म प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई त्यस्तो प्रतिवेदन पेस नगर्नुको कारण सोधेको छ।

आयोगकाअनुसार मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकले लेखा परीक्षण प्रतिवेदन बुझाएका छैनन्। ती दलहरुलाई आयोगले स्पष्टीकरण पनि सोधेको छ।

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, वैशाख २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्