डिएसपी बस्ने कोठामा टेकुमा पूर्वगृहमन्त्री खाणको बास
स्वास्थ्य समस्याका कारण विशेष व्यवस्था गर्न अदालतले आदेश दिएकाले खाणलाई छुट्टै कोठामा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
काठमाडौं, वैशाख २८ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई िजल्ला प्रहरी परिसर काठमाडौंले छुट्टै कोठामा राखेको छ।
बुधबार आफ्नै निवासबाट पक्राउ परेका खाडलाई अदालतले तीन दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ।
पूर्वगृहमन्त्री खाणलाई डिएसपी बस्ने कोठामा राखिएको छ। स्वास्थ्य समस्याका कारण विशेष व्यवस्था गर्न अदालतले आदेश दिएकाले खाणलाई छुट्टै कोठामा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
खाणले क्यान्टिनकै खाना खाइरहेका छन्। उनालाई भेट्न परिवारका सदस्य र शुभेच्छुक मात्र आएको बताइएको छ। प्रहरीका अनुसार एक जना प्रदेश सांसदबाहेक अन्य नेताहरु भने उनलाई भेट्न आएका छैनन्।
प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, वैशाख २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











